काठमाडौँ – सरकारले आजदेखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोप लगाउन सुरू गर्दैछ ।


ADVERTISEMENT


फागुन ८ गतेसम्म सरकारी कर्मचारी वित्तीय संघ संस्थान र स्थानीय तहका जननिर्वाचित प्रतिनिधिलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसअघि पहिलो चरणमा कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने चिकत्सक, नर्स र सफाइ कर्मचारी र दोस्रो चरणमा पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो । यद्यपि, यसअघि नै प्राथमिकतामा परिसकेका तर छुटेकालाई जुनसुकै बेला पनि खोप लगाउँदै जान सक्ने मन्त्रालयले जनाएको छ ।

नेपालले भारतले सहयोगमा उपलब्ध गराएको काभिडशिल्ड खोप उपलब्ध भएपछि माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान शुरू गरेको थियो ।