डोटी– भूमिसम्बन्धी समस्या समाधान आयोग डोटीका पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् । आयोगका अध्यक्ष गणेशबहादुर विष्ट, बिज्ञ झलकबहादुर पाली तथा सदस्य देशरत्न डागीले पदभार ग्रहण गरेका हुन् ।


ADVERTISEMENT


अध्यक्ष विष्टले भूमिसम्बन्धी समस्या समाधानका लागि आफुहरुको प्रमुख दायित्व भएको बताए । उनले भुमि सम्बन्धि लामो समयदेखिको समस्या समाधानमा केन्द्रित हुनेमा जोड दिएका छन् । यसका लागि सबैको साथ र सहयोग आवश्यक हुने उनको तर्क छ ।


ADVERTISEMENT

# # #


यसैगरी, उक्त आयोगका विज्ञ तथा पत्रकार पालीले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास नागरिकलाई व्यवस्थित गर्ने उद्देश्यका आयोग गठन गरिएको आफुहरु सोही अनुसारको काममा बढी खटिने जानकारी दिएका छन्। रासस