काठमाडौं – प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माता टिभीएस मोटर कम्पनीले मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको हो । जुन आइकोनिक मार्भल सुपर हीरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर रहेको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सुपरस्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइन मार्फत प्रत्येक मार्भल सुपर हीरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउँदछ ।

उक्त अवसरमा बोल्दै टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले टिभीएस एनटर्क १२५ को मार्भल अभेन्जर्सबाट प्रेरित सुपरस्क्वाड संस्करणको सुरूवातसँग नयाँ रेकर्ड बन्ने बताए । उनले भने, ‘हामी विश्वस्त छौं कि सुपरस्क्वाड संस्करण ब्लकबस्टर हुनेछ ।’

जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ उत्पादनको सार्वजनिक गर्दै नयाँ टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण जेन जेडको लोकप्रिय टिभीएस एनटर्क १२५ को लागी “वाहु फ्याक्टर” सिर्जना गर्ने उद्देश्य राखेको बताए ।

सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको “ए” स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड, र स्पीडोमिटर मुनि राखिएको छ ।

स्टिल्थ ब्ल्याक

ब्ल्याक प्यान्थरबाट प्रेरित, यो संस्करण पर्पलको विविध रङको साथ जेट ब्लयाक रंगमा आउँछ । डेकल्सको ठूलो हिस्साको रूपमा स्कुटरमा ब्ल्याक प्यान्थर सूटका तत्वहरू रहेको कम्पनीले जनाएको छ । सरगमीहरूका लागि थुप्रै सरप्राइजहरु ल्याउँदै यसले वकान्डाको सदाबाहार सिग्नेचर सलूट र उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई संकेत गर्ने नम्बर ६६ (१९६६) पनि समावेश गरिएको छ ।

इन्भिन्सिबल रेड

कम्पनीका अनुसार आइरन म्यानबाट प्रेरित भएर, यस डेकल्सले उसको रेड र गोल्ड सूटको झल्काउदै यसलाई स्टेलर लुक दिन्छ । आइरन म्यान हेलमेट लेग शिल्डमा एम्बोस गरिएको छ, र आर्क रिएक्टर दुबै प्यानलमा छ । सरगमीहरूका लागि दुबै प्यानलहरूमा एक्सएक्सआईएक्स एन्क्रिप्शन मार्क गरिएको छ जसले फिडलरलाई दर्शाउँछ र आइरन म्यानको २९औं सूट साथै उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई दर्साउने नम्बर ६३(१९६३) रहेको छ ।

कम्ब्याट ब्लू

क्याप्टेन अमेरिकाबाट प्रेरित, स्कूटरले पहिलो एभेन्जरसँग सम्बन्धित नीलो, सेतो, रातो कलर टोनमा आउँछ । उक्त क्यारेक्टरमा अटल रहदैं, यसमा नम्बर ४१ ९१९४१० रहेको छ जुन क्याप्टेन अमेरिकाको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई नम्बर हो । शिल्ड स्कुटरको फ्रन्टमा छ र यो संस्करणको दुबै प्यानलमा गर्वका साथ सुपर सोल्जर राखिएको छ ।

सुपरस्क्वाड संस्करणको टिभीएस कनेक्ट एप स्मार्टएक्सनेक्ट द्वारा संचालित छ र क्यारेक्टरहरूद्वारा प्रेरित कस्टुमाइज्ड् यूजर इन्टरफेस ९यूआई० को साथ आउँदछ । एप सम्बन्धित पात्रहरूको सिल्हूटसँग खुल्छ र त्यसपछि क्याप्टेन अमेरिकाको शिल्ड, आइरन म्यानको सूट र ब्ल्याक प्यान्थरको आँखाको साथ क्यारेक्टर क्रिष्टको साथ महत्वपूर्ण तत्वहरू एप इन्टरफेसमा एकरूप छन् । प्रत्येक एप स्क्रीन सुपर हीरो को एक अद्वितीय चरित्र विशेषता संग चयन गरिएको छ, जसले यसलाई एक पूर्ण मार्भल अनुभव दिन्छ ।