चितवन– भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षणसम्बन्धमा स्थानीयवासीसँग छलफलसंगै सो क्षेत्रको सरसफाइ कार्यक्रम समेत सम्पन्न गरेको छ ।


ADVERTISEMENT


गणका निमित्त गणपति सेनानी पदमबहादुर क्षेत्रीका अनुसार यहाँबाट गएको नेपाली सेना र स्थानीय सरोकारवालाबीच मङ्गलबार उपरदाङगढी संरक्षणका विषयमा छलफल र सरसफाइ गरिएको हो ।


ADVERTISEMENT

# # #


सो अवसरमा उपरदाङगढी रहेको इच्छाकामना गाउँपालिका ७ का वडाध्यक्ष बमबहादुर थापा, उपरदाङगढी संरक्षण समितिका अध्यक्ष झलक रानामगर, सचिव गणेशबहादुर थापा, बालकुमारी टोल विकास संस्थाका अध्यक्ष अमरबहादुर गुरुङलगायतले उपरदाङगढीको ऐतिहासिक महत्वका बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए । ।

सो अवसरमा सेनानी वासु खत्री, विक्रम अधिकारीसहितको उपस्थिति रहेको थियो ।

सन् १९६० को दशकमा सो ठाउँ चितवनको सदरमुकाम रहेको थियो । पुरातत्व विभागका अनुसार, यस क्षेत्रमा तत्कालीन समयमा जिल्लाका सम्पूर्ण सरकारी कार्यालय रहेका थिए । तत्कालीन दाहाखानी गाउँ विकास समितिमा पर्ने सो स्थान सामुद्रिक सतहदेखि एक हजार २७५ मिटर उचाइमा रहेको छ ।

बाइसे–चौबीसे राज्य एकीकरणका समयमा अङ्ग्रेज फौजविरुद्ध युद्धको समयमा नेपालको रक्षाका लागि सन् १८०० को शुरुआतमा शत्रुभञ्जन शाहले सो गढी निर्माण गरेको बताइन्छ । सो स्थानमा तीन फिट चौडाइ तथा छ फिट उचाइ भएको प्रवेशद्वार, कोतघर, कालिका र सिद्धबाबाको प्रतिमा, इनारलगायतका संरचना छन् ।

ढुङ्गा, माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाइ तीन फिट छ । यस स्थलमा नौवटा सेन्ट्रीपोष्ट, चारै दिशा तोप पड्काउने नौवटा खुला झ्याल बनाइएको छ । किल्लाको दक्षिणी भागमा भगवान् शिव र कालिकाको मन्दिरको भग्नावशेष रहेको इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले जानकारी दिइन् ।

उनका अनुसार, गढीको प्रवेशद्वारमा गणेश मन्दिर पनि रहेको छ । यससंगै बज्रयोगिनी, बालकुमारी देवीको मन्दिर पनि रहेको छ । नेपाली सेनाले ती गढीहरुको संरक्षण गर्दै आएको छ । रासस