कलैया– उपमहानगरपालिका–१ स्थित रहेको शक्तिपीठ राजदेवी मन्दिर परिसरमा धर्मशालाको शिलान्यास गरिएको छ । अब करिब रु. १८ लाखको लागतमा त्यहाँ धर्मशाला निर्माण हुने भएको छ ।


ADVERTISEMENT


शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले मेयर यादवले पहिलो चरणमा रु. आठ लाख उपमहानगरका तर्फबाट सहयोग गर्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


धर्मशाला निर्माण भएपछि भाकल लिएर टाढा टाढाबाट आउने भक्तजनलाई बास बस्न सजिलो हुने उनले बताए । उनले मन्दिरको संरक्षण एवं सम्वद्र्धनमा पनि उपमहानगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गगरे ।

राजदेवी मन्दिर बलिका लागि पनि प्रख्यात रहेको हुँदा दशैँमा बलि चढाउनेहरुको घुइँचो लाग्ने गरेको स्थानीयवासी दिव्यनाथ श्रेष्ठले जानकारी दिए । रासस