काठमाडौँ – चिकित्सकले बिरामी जाँच गर्दा लिन पाउने शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन फर प्राइभेट हेल्थ ईन्स्टिच्युसन नेपाल (अफिन)को मंगलबार बसेको संयुक्त बैठकले परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


साथै बैठकले मेडिकल अफिसरहरुको पारिश्रमिक पनि बढाउने निर्णय गरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अफिनका अध्यक्ष वसन्त चौधरीद्वारा जारी संयुक्तिमार्फत जानकारी दिएका छ्न ।


ADVERTISEMENT

# # #


स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरेको थियो । सो सम्झौतामा चिकित्सकहरूको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो।

तर, हालसम्म पनि कार्यान्वयन नभएको भन्दै नेपाल राष्ट्र बैँकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिलले सिफरिस गरेको शुल्कलाई नै आधार मानेर आजैदेखि लागू हुनेगरी चिकित्सकले बिरामी जाँच गरेवापत लिन पाउने परामर्श शुल्क बढाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अब एमबीबीएस/बीडीएस पास गरेर ५ वर्ष सेवा अनुभव नभएका चिकित्सकले ३७० र ५ वर्ष अनुभव भएपछि ४५० रुपैयाँ शुल्क बिरामी जाँचे बापत लिन पाउने छन् । यसैगरी डिप्लोमा गरेका तर ५ वर्ष सेवा अनुभव नभएकाले ५१५ रुपैयाँ र ५ वर्ष अनुभव भएकाले ५९० रुपैयाँसम्म लिन पाउने गरी शुल्क निर्धारण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी एमडी/एमएस/एमडीएस गरेर ५ वर्ष अनुभव नभएका चिकित्सकको ६६०, ५ वर्ष अनुभव भएका चिकित्सकको ७००, डीएम/एमसीएच गरेर ५ वर्ष अनुभव भएका चिकित्सकको ७७० तथा डीएम/एमसीएच गरेर ५ वर्षभन्दा बढी अनुभव भएका चिकित्सक र एमडी/एमएस/एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएका चिकित्सकले समान ८२५ रुपैयाँसम्म लिन पाउने गरी शुल्क तोलिएको छ ।