मान्म– कालीकोटको पलाँता गाउँपालिकाको ७० प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुगेको छ । गाउँपालिकाका नौ वडामध्ये ७ वटामा बिजुली पुगेको हो ।


ADVERTISEMENT


गाउँपालिकाले २८ किलोवाटको भूँचीखोला, एक सय किलोवाटको दुरसी खोला, ७० किलोवाटको औँलाखोला र १३० किलोवाटको दार्मिघाट लघुजलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरेको छ । ती आयोजनाबाट गाउँपालिकामा दुई हजार ७०० घरधुरीमध्ये दुई हजार १०० घरधुरीमा बिजुलीबत्ती बलिसकेको गाउँपालिकाका ऊर्जा संयोजक जनराज बमले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार, बाँकी ५०० घरधुरीमा केही महिनामै बत्ती बलिसक्ने गरी काम भइरहेको छ । ‘गाउँपालिकाको वडा नं १, २ र ३ मा आधा घरधुरीमा बत्ती बलेको छ भने वडा नं ८ मा विद्युत् नभएको बताउँदै उनले भने; ‘ती ठाउँमा अहिले विद्युतका पोल गाड्ने काम भइरहेको छ ।’

बत्ती नबलेका ती ठाउँमा एक÷दुई महिनामै बिजुली बत्ती बाल्ने योजनासाथ काम गरिरहेको संयोजक बमको भनाई छ । पलाँता गाउँपालिका विद्युतले आत्मनिर्भर भइसकेको भन्दै उनले थपे; ‘विद्युत् नपुगेका वडामा पनि विद्युत् यसै आर्थिक वर्षका पुर्‍याउने लक्ष्य राखिएको छ ।’

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक, बिजुली, स्वास्थ्य, शिक्षा र रोजगारी आफ्नो पहिलो प्रथामिकतामा रहेको बताए ।आफूले गरेका प्रतिबद्धता आफ्नो कार्यकालमा करीब पूरा भइसकेको बताउँलै उनले भने; अब केही विकासका प्रतिबद्धता पूरा गर्न बाँकी छन् ।’

ऊर्जा शाखा संयोजक बमका अनुसार, गाउँ कार्यपालिकाले निर्णय गरेर गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका, अशक्त तथा असाहयका लागि विद्युत् महशुल छुट गरिएको हो । रासस