मान्म– कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ । सडक निर्माण गर्दै गर्दा माथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका ३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्मत काम गरिरहेको बेला माथिबाट खसेको ढुङ्गामा च्यापिएर उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । ‘सडक निर्माण गर्दै गर्दा एक्कासि माथिबाट खसेको ढुङ्गा लागेर ऐडीको मृत्यु भएको छ; उनले भने ।


ADVERTISEMENT

# # #


उनका अनुसार, ऐडीको परिवारलाई राहत दिने निर्णय गरिएको छ । रासस