काठमाडौँ– यसबर्षको “राधा क्यान्सर सचेतना तथा हिंसाबिरुद्धको पत्रकारिता पुरस्कार” स्वास्थ्य पत्रकार समृद्धा केसीलाई प्रदान गरिने भएको छ । स्वर्गीय पत्रकार राधा बस्यालको स्मृतिमा स्थापना गरिएको “राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार” को हकदारको रुपमा यस वर्ष बर्दियाकी पत्रकार समृद्धा केसी चुनिएकी हुन् ।


ADVERTISEMENT


सो पुरस्कारको राशी रु. २० हजार रुपैयाँ रहेको छ । पत्रकार केसी महिला स्वास्थ्य डटकममा आवद्ध छिन् ।


ADVERTISEMENT

# # #


एक दशक भन्दा लामो समय देखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जिवन पछि व्यक्तिगत रुपमा घरेलु हिंसा र क्यान्सर सँग लडनु परेको थियो । त्यसपछि उनले समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन् ।

विसं २०४८ मा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । राधाको निधन पश्चात फाउन्डेसनलाई उनका भाई प्रकाश बस्यालले अगाडी बढाई राखेका छन् । रासस