इलाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । तोकिएको समयमै निर्वाचन हुने आवश्त पार्दै उनले त्यसका लागि तयार रहन सम्पूर्णलाई आग्रह गरेका हुन् ।


ADVERTISEMENT


सदरमुकाममा आज आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गरेको बताउँदै उनले भने; ‘सर्वोच्च अदालतले यस बारेमा अन्तरीम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।’

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी उनको थियो । रासस