काठमाडौँ– भारतीय राजदूतावास उपप्रमुख नामग्य सी खम्पा र पुननिर्माण कार्यका प्रमुख कार्यकारी अधिकृत सुशील अधिकारीको उपस्थितमा आज संयुक्त रुपमा भुमि पुजा सम्पन्न गरिएको छ ।


ADVERTISEMENT


कागेश्वरी नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको पुननिर्माणको निम्ति आयोजना गरिएको उक्त भुमि पुजा कार्यक्रममा उनीहरु सहभागी भएका हुन् ।


ADVERTISEMENT

# # #


शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा तथा आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि नेपाललाई भारत सरकारले कूल २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको सम्झौता अन्र्तगत  नै सो विद्यालय निर्माण गरिएको हो ।

उक्त सहयोग अन्र्तगत वि.सं २०७२ सालको भुकम्पले क्षतिग्रस्त बनाएको नेपालका ८ जिल्लाका अन्य ७१ वटा शैक्षिक संस्थाको समेत पुननिर्माण कार्य भइरहेको छ ।

सोहि अवसरमा भारतीय राजदूतावास र राष्ट्रिय पुननिर्माण केन्द्रिय आयोजना कार्यन्वयन इकाई (शिक्षा)बीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको हो ।

भुमिपुजा कार्यक्रमको उक्त अवसरमा बोल्दै राजदूतावास उपप्रमुख खम्पाले भारत र नेपालबीचको बलियो र सशक्त विकास साझेदारी यस परियोजना शुभारम्भ कार्यक्रमले चरितार्थ गरेको भाव व्यक्त गरेकी थिइन् ।

उनले नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासमा नेपाल सरकार तथा यसका निकायहरुसँग हातेमालो गर्दै दुई देशबीचको सहकार्यलाई अघि बढाउन भारत सदैव प्रतिबद्व रहेको जानकारी समेत गराएकी छिन् ।

उक्त समारोहमा कागेश्वरी नगरपालिकाका मेयर, राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव तथा श्री कान्ति भैरव माध्यमिक विद्यालयको व्यवस्थापन समितिका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।