काठमाडौँ– चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउने प्रयास स्वरुप सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएकी छन् ।


ADVERTISEMENT


संसद बैठक बस्नु अघि अपरान्ह साढे २ बजे सभामुख घर्तीले सहमतिको प्रयास स्वरुप प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्न लाग्नु भएको उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । यसअघि सभामुख घर्तीले हिजो शिक्षा मन्त्री गोपालमान श्रेष्ठसहित तीन दलका प्रमुख सचेतकसहितको बैठक बोलाइ सो विषयमा सहमतिको प्रयास गरेपनि ठोस सहमति भने जुट्न सकेको थिएन । माथेमा आयोगको प्रतिवेदनअनुसार सरकारले चिकित्सा शिक्षा विधेयक पारितको प्रक्रिया अगाडि बढाउन प्रस्ताव गरेपनि प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ माओवादी केन्द्रको असहमतिका कारण हिजो पनि विधेयक संसदमा प्रस्तुत हुन सकेन ।


ADVERTISEMENT

# # #


सो विद्येयक आज बस्ने बैठकको कार्यसूचीमा समेटेर आजै पारित गर्ने अन्तिम प्रयास सभामुखको छ । विधेयक अलपत्र पर्ने सम्भावना बढेपछि डा. केसीले विशेष अधिकार प्रयोग गरेर भए पनि चिकित्सा शिक्षा विधेयक अघि बढाउन सभामुखलाई आग्रह गरेका छन् ।