काठमाडौँ– बढ्दो विज्ञान प्रविधिको विकासको प्रभाव ट्राफिक क्षेत्रमा पनि उत्तिकै देख्न थालेको छ । सोहि प्रविधि विकासको सदूपयोग गर्दै अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिकसम्बन्धिका सम्पुर्ण सेवा तथा कारवाहि प्रविधिमुलक गर्न लागेको छ । महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको हो । महाशाखाका अनुसार, नयाँ प्रविधिको प्रयोगसँगै अब ‘हात हल्लाएर तथा सिटी फुकेर’ दिइने सेवा देख्न पाइने छैन ।


ADVERTISEMENT


उक्त प्रविधिबाट उपत्यकाको ट्राफिक व्यवस्थापन कार्यलाई चुस्त, वैज्ञानिक तथा प्रभावकारी बनाउन प्रविधिको प्रयोग सकारात्मक हुने अपेक्षा गरिएको छ । सडकचोकमा ट्राफिक जनशक्ति थुपारेर होइन अब प्रविधिबाटै काम हुने, महाशाखा प्रमुख जनकराज भट्टराईको भनाई छ । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्य समन्वयबाट क्रमशः प्रविधिको उच्चतम प्रयोगसम्बन्धी अभ्यास भइरहेको जानकारी उनले दिएका छन् ।


ADVERTISEMENT

# # #


उपरीक्षक भट्टराईका अनुसार ट्राफिकसम्बन्धी सेवाहरू प्रविधिमैत्री भइसकेका छन् । ट्राफिक कारबाहीसम्बन्धी जरिवाना, सवारी साधन हराएको वा चोरी भएको उजुरी, ट्राफिकसँग सम्बन्धित अन्य कागजपत्र लिनदिन ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।

महाशाखाले गत सातादेखि यी सम्पूर्ण सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालेको हो ।