काठमाडौँ–स्थानीय बजारमा आज सुनको मूल्यमा वृद्धि भएको । छापावाला सुन तोलामा आज रु. ८०० ले वृद्धि भएको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार तोलामा रु. ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु. ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा रु. ८७ हजार ७५० मा कारोवार भएकामा आज रु. ८८ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।


ADVERTISEMENT

# # #


चाँदी तोलामा रु. एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा रु. एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा रु. २५ ले वृद्धि भएको हो । रासस