काठमाडौँ– आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरण अन्तर्गत पहिलो खेलमा हङकङले दिएको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले १ सय रन पुगाएको छ ।


ADVERTISEMENT


हङकङस्थित मिसन रोड ग्राउण्डमा हङकङले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले ३१ ओभर खेल्दै ६ विकेटको क्षतिमा सय रन पुगाएको हो । सय रन पुग्ने क्रममा ओपनरको रुपमा मैदान छिरेका उपकप्तान ज्ञानेन्द्र मल्लले २१, सागर पुनले ३ रन बनाए ।


ADVERTISEMENT

# # #


त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले ४५ बलको सामना गरी २६ रन बनाए । दिपेन्द्र सिंह ऐरी ३ रनमा पेवेलियन फर्किए भने सोमपाल कामी ११ रनमा आउट भए । यस्तै शेख २२ रनमा आउट भए । वसन्त र करण केसी शुन्य रनमा आउट भए ।

अहिले विनोद भण्डारी र सुशान्त भारीले इनिङ सम्हालिरहेका छन् ।