काठमाडौं– व्यवस्थापिका संसद बैठकमा आज महत्वपुर्ण चार वटा विधेयक पारित गर्ने कार्यसूची छ । दिउँसो ३ बजे बस्ने बैठकमा पटकरपटक कार्यसूचीबाट हटाइएको चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची छ ।


ADVERTISEMENT


यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक र भाषा आयोग विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । संसदको कार्यकाल सकिनै लाग्दा संविधान कार्यान्वयसँग सम्वन्धित ऐन बनाउन संसद सक्रिय भएको हो । रुपान्तरित संसदको कार्यकाल प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको बन्द सूची बुझाउने अघिल्लो दिनसम्म रहने भएकाले आवश्यक ऐन बनाउन संसद सक्रिय भएको हो ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगले दललाई पर्सी २९ गते समानुपातिक उम्मेदवारको बन्दसुची बुझाउन समय तोकेको छ । भोलि बस्ने संसदको अन्तिम बैठकमा शीर्ष नेताको सम्बोधन रहने सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।