काठमाडौँ – प्रभु बैंक लिमिटेडले जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६ मा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


आफ्नो २१३ औं शाखाको रूपमा रहेको चन्दनाथ शाखाको सोमबार चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले उद्घाटन गरेकी हुन् । सो क्रममा उनले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताइन् ।


ADVERTISEMENT

# # #


उनले प्रभु बैंकको अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरिन् ।

बैंकको जुम्ला शाखा कार्यालयबाट त्यहाँका स्थानीय र ग्राहकहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्राप्त गर्नेछन् ।