रुपन्देही – नबिल बैंकले भैरहवा कान्छी बजारको तरकारी/फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको सञ्चालन गरेको छ ।


ADVERTISEMENT


सोमबार दिउसो नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फुयालले फलफूल खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् ।


ADVERTISEMENT

# # #


अब यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको तरकारी/फलफूलको रकम भुक्तान गर्न सक्नेछन् ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुयाल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सहायक निर्देशक रमेश न्यौपाने नबिल बैंकका लुम्बिनी प्रदेशका प्रमुख, यज्ञ प्रसाद शर्मा, नबिल बैंक भैरहवा शाखाका प्रबन्धक लिला प्रसाद ओझालगायतको उपस्थिति रहेको थियो ।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त रहेको बैँकले जनाएको छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । साथै नबिल बैंक भैरहवा शाखाको पहलमा वर्ल्ड लिंक नेपालले भुक्तानी सेवालाई सहजीकरण गर्न उक्त बजार क्षेत्रमा निःशुल्क वाईफाई समेत जडान गरिदिएको छ।

मबिल बैँकसँग हाल २ हजार भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् । नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । नयाँ प्रविधि अपनाउने र नवीन प्रोडक्टका साथै सेवाहरु सुरु गर्ने काममा नबिल सधैं नै अगाडि रहेको छ ।