काठमाडौँ – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द बाँस्तोला पक्राउ परेका छन् । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलत्तगै प्रहरीले उनलाई सोमबार सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो ।


ADVERTISEMENT


न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलाई रिहा गर्न आदेश थिएको थियो । सोही अनुसार छुटेका उनलाई सर्वोच्चको गेटबाटै पक्राउ गरेर पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंका पुर्‍याइएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले उनलाई गत पुस २९ गते ललितपुर र मकवानपुरको सीमाबाट पक्राउ गरेको थियो । विप्लव–सरकार वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेका बेला बाँस्तो पक्राउ पर्नुले अप्ठ्यारो पार्ने देखिएको छ ।