सिन्धुली– जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ । शहीद ऋषिराज देवकोटा ‘आजादको’ ४०औँ स्मृतिसभाका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगरपालिका सङ्गठन कमिटीले बिरामीलाई स्वास्थ्य लाभको कामनासहित आज फलफूल वितरण गरेको हो ।


ADVERTISEMENT


अस्पतालमा उपचार गराइरहेका बिरामी तथा सुत्केरीलाई फलफूल वितरण गरिएको सङ्गठनका प्रमुख महेन्द्रदेव श्रेष्ठले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, पार्टीका नेता, कार्यकर्ता शुभेच्छुक र शहीद आजादलाई नजीकबाट चिन्ने व्यक्तिहरुको उपस्थितिमा अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । ‘आजाद’ को सम्झनामा नेकपाले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

नेकपाको पाँचौँ महाधिवेशनमा पोलिट ब्यूरो सदस्यमा समेत निर्वाचित भएका देवकोटाको तत्कालीन पञ्चायतकालीन समयमा आन्दोनमा मध्यकमान्ड सम्हालेका समयमा २०३१ साल फागुन १२ गते बीभत्स हत्या भएको थियो । रासस