काठमाडौँ – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत भएकाले सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको बताएका छन् । उनले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई कांग्रेसले तत्कालै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनेर निर्णय गरेको स्मरण गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’

उनले सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई समेत धन्यवाद दिएका छन् ।

सम्बन्धित समाचार
– सर्वोच्चको फैसला : प्रधानमन्त्रीको कदम असंवैधानिक, प्रतिनिधिसभा पुनर्स्थापना
– १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन सर्वोच्चको आदेश
– यस्तो छ प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)