काठमाडौँ – सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेसँगै नेकपाका नेता योगेश भट्टराईले ३ करोड नेपालीको जित भएको बताएका छन्।


ADVERTISEMENT


‘सर्वोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको छ’ भट्टराईले ट्वीट गरेका छन् । अदालतले मुलुक र लोकतन्त्र रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको भट्टराईले बताएका छन्।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘सर्वोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको छ । मुलुक, लोकतन्त्र र ब्यबस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको छ । सम्माननीय प्रधानन्ययधिश र माननीय न्यायधिशज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभर ब्यक्त गर्दछु । जनताको जित, लोकतन्त्रको जित ।’

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ ।