काठमाडौँ – डा गोविन्द केसीले आफ्नो पूर्वनिर्धारित २०औँ अनसन स्थगित गरेका छन् ।


ADVERTISEMENT


यसअघि डा केसीले फागुन १२ गतेदेखि अनसन बस्ने बस्ने चेतावनी दिएका थिए । तर, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कमदलाई बदर गरेको भन्दै डा. केसीले अनसन स्थगित गरेका हुन् ।


ADVERTISEMENT

# # #


बुधबार एक विज्ञप्ती जारी गर्दै डा. केसीले सर्वोच्च अदालतले प्रधानमन्त्रीको कमदलाई असफल तुल्याएकाले अनसन स्थगित गरेको बताएका हुन् । विज्ञप्तीमा भनिएको छ, ‘तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि शुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं ।’

राज्य कब्जाको नग्न प्रयास स्वरुप प्रधानमन्त्री ओलीले संवैधानिक निकायहरुमा गलत रुपमा नियुक्ति गरेको भन्दै डा. केसीले ती सबै निर्णयहरु खारेज हुनुपर्ने माग गरेका छन् । उनले आफूसँग विगतमा भएको सम्झौताहरुको पनि कार्यान्वयन नभएसँम सत्याग्रही अभियान जारी रहने बताउँदै नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान पनि निरन्तर रहने बताएका छन् ।