काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् ।


ADVERTISEMENT


थापालाई अहिले कुन मन्त्रालयको जिम्मेवारी दिने भनेर तोकिएको छैन । अध्यक्ष थापासँगै राप्रपा नेताहरु दिलनाथ गिरी, जयन्त चन्द, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । अहिलेसम्म कसैलाई पनि मन्त्रालय तोकिएको छैन । यो सँगै सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरुको भूमिका के हुने भन्नेबारे अन्यौलता छाएको छ ।

नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र सपथ भोलि हुनेछ ।

निर्वाचन आयोगले मन्त्रीमण्डल विस्तार गर्नु निर्वाचन आचारसंहिता विपरित हुने भन्दै सरकारलाई सचेत गराउँदा गराउँदै प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सहभागि गराएका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पनि सरकार विस्तार गर्न नहुने भन्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।