काठमाडौं । आइतबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई महत्त्व दिएर छापेका छन् । निर्वाचन आयोगले बोली फेरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शनिबार शपथ गराएको विषयलाई सबैजसो दैनिक पत्रिकाहरुले आज पहिलो पृष्ठमा समाचार बनाएका छन् । पत्रपत्रिकाहरुले निर्वाचन आयोग पनि दलजस्तै अस्थिर देखिएको लेखेका छन् ।


ADVERTISEMENT


समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची आज बुझाउनु पर्ने भए पनि दलहरुलाई सकस परेको छ । समानुपातिक उम्मेदवार छान्न दलहरुलाई सकस परेको खबरलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।


ADVERTISEMENT

# # #