२९ असोज, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र हङकङबीचको खेल स्थगित भएको छ । हङकङमा समुन्द्री आँधी आउने चेतावनी दिइएका कारण आजका लागि निर्धारित खेल स्थगित भएको हो ।


ADVERTISEMENT


अधिकारीहरुले नेपाली क्रिकेट खेलाडीहरुलाई होटलमै बस्न र बाहिर नजान भनेका छन् ।


ADVERTISEMENT

# # #


नेपाल र हङकङको खेल भोलि हुनेछ ।

शुक्रबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ८३ रनले पराजित भएको थियो ।