काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले आफ्ना स्वकीय सचि बिरू तामाङ ‘सुदीप’लाई हटाएका छन् । गृहमन्त्री थापाले प्रचण्ड–माधव समूहको नेकपालाई सूचना चुहाएको आरोप लगाउँदै तामाङलाई हटाएका हुन् ।


ADVERTISEMENT


उनलाई युवासंघको कार्यसमिति विस्तारलाई बहिष्कार गरेको र प्रचण्ड-माधव समूहलाई सूचना चुहाएकाले निकालिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


केही समय पहिला भएको ओली निकट युवा संघको नेतृत्व चयनमा समेत तामाङले बहिष्कार गरेका थिए ।

प्रचण्ड निकट मानिने थापा प्रतिनिसभा विघटनपछि भने प्रधानमन्त्री ओली समूहमा लागेका छन् ।