काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री ट्राफिक प्रहरी अभियान कार्यक्रम शुरु गरेको छ ।


ADVERTISEMENT


महाशाखाले ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा थप सुधार लक्षित कार्यक्रमको शुरुवात गरेको छ । ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारवाही एवं गतिबिधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग नागरिकमैत्री व्यवहार सहित सहज, सरल एंव पारदर्शी सेवा प्रदान होस् भन्ने अभिप्रायले यस मूल्यांकन पद्दतिसहित पुरस्कृत गर्ने परिपाटीको शुरुवात गरिएको महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईले बताए ।


ADVERTISEMENT

# # #


‘नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना २०७७ लाई प्रभावकारी कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग सभ्य, शिष्ट र पारदर्शी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यविधि २०७७ बनाई गरिएको हो,’ एसएसपी भट्टराईले भने ।

एक सय पुर्णाङ्कको कार्यविधिलाई दुई चरणमा बिभाजन गरिएको छ जसमा प्रहरी कर्मचारीको व्यक्तिगत आचरण, कार्यसम्पादन क्षमता, सेवाग्राहिसँगको व्यबहार, अनुशासन लगायतका बिषयहरु समेटिएका छन । प्रत्येक ट्राफिक प्रहरी कर्मचारीको प्रत्यक्ष मूल्यांकन कार्यालयको प्रमुख, हवल्दार र सुबेदार मेजरबाट हुनेछ भने समग्र मूल्यांकन तथा सुपरिवेक्षण महाशाखाले गर्ने छनोट कार्यविधिमा व्यवस्था गरिएको छ ।

प्रत्येक महिना सर्बोत्कृष्ट कार्य सम्पादन गर्ने दुई जनालाई नगदसहित सम्मान गरिने महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।