काठमाडौँ–  निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमाले प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटस्थित निवासमा औपचारिक कार्यक्रम गरी यादवलाई एमाले प्रवेश गराउनु भएको हो ।


ADVERTISEMENT


राप्रपाका सभासद यादव २०७२ असोजमा उपसभामुख पदमा निर्वाचित हुनु भएको थियो । राप्रपाले राजनीतिक मुल्य मान्यता त्यागेको भन्दै यादव एमाले प्रवेश गर्नुभएको हो । देशको आवश्यकता अनुसार एमालेलाई बलियो बनाउनु आफु एमाले प्रवेश गरेको बताउनुभयो ।


ADVERTISEMENT

# # #