काठमाडौँ – २ वर्षदेखि प्रतिवन्धित नेकपा विप्लव समूहसँग सरकारले वार्ताको तयारी गरेको छ ।


ADVERTISEMENT


सरकारले वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली बनाएको छ ।


ADVERTISEMENT

# # #


सरकारले वार्ताका लागि २ सदस्यीय टोली बनाएपछि विप्लव पक्षले पनि खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दीपक’को २ सदस्यीय टोली बनाएको थियो ।

वार्ताका लागि विप्लवको टोली बुधवार बिहाना काठमाडौँ आइपुगेको हो ।