काठमाडौँ – पाकिस्तानको महिला राष्ट्रिय फुटबल च्याम्पियनशिपका लागि ४ नेपाली महिला खेलाडी अनुबन्धित भएका छन् । राष्ट्रिय लिग च्याम्पियन नेपाल एपिएफ क्लबका एन्जिला तुम्बापो सुब्बा, गीता राणा, सरु लिम्बु र अनिता केसी च्याम्पियनसिप खेल्न लागेका हुन्।


ADVERTISEMENT


चारै जना खेलाडि पहिलोपटक विदेशमा खेल्न लागेका हुन् । अघिल्लो सिजनमा सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले भारतको महिला लिग खेलेका थिए ।


ADVERTISEMENT

# # #


पाकिस्तानको राष्ट्रिय खेलमा खेल्न पाउँदा उत्साहित भएको र यो आफूलाई प्रमाणित गर्ने सही मौका भएको सुब्बाले बताइन् ।
२० टिमको सहभागिता रहने उक्त खेल आगामी मार्च ८ देखि अप्रिल ३ सम्म हुनेछ।