काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँगको वार्ता सहमति नजिक पुगेको बताएका छन् ।


ADVERTISEMENT


सरकारका तर्फबाट ‘विप्लव’ समूहसँगको वार्ता टोलीका संयोजक समेत रहेका गृहमन्त्री थापाले पहिलो चरण अन्तर्गत आजको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेका बताएका छन् ।
गृहमन्त्री थापाले धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक रहेको र केही विषयमा छलफल जारी रहेको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनले वार्ताबाट छिट्टै सकारात्मक परिणाम आउने अपेक्षा गरेका छन् । ‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ ।’ सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ, केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’

विप्लव समूहबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो चरणको वार्ता भएको थियो । वार्तामा सरकारका तर्फबाट संयोजक गृहमन्त्री थापासहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन थापा र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने ‘दिपक’ बीच केही घण्टा छलफल भएको थियो ।

मेरो नेतृत्वमा रहेकाे नेपाल सरकारकाे वार्ता टाेली र विप्लव नेतृत्वकाे नेकपाकाे प्रकाण्डको नेतृत्वमा रहेकाे वार्ता…

Posted by रामबहादुर थापा ‘बादल’ on Wednesday, March 3, 2021