काठमाडौं– पृथ्वी परिक्रमा अवार्ड आयोजना कार्यक्रम दुवईको युएईमा भव्यरुपमा सम्पन्न भएको छ । अवार्ड अध्यक्ष रामबहादुर सुवेदी (आर. के)को अध्यक्षमा सम्पन्न भएको अवार्ड समाहरोमा युएई पहिलो पटक ५१ दक्ष व्यक्तिलाई अवार्ड, ५१ जना समाजसेवीलाई कदर पत्र, ५१ जना सहयोगी भवाना बोकेका अग्रजहरुलाइ सम्मान र ५१ जना युवा पुस्तालाई प्रोत्साहित गर्न प्रमाणपत्र प्रदान गरिएको छ । हालै सम्पन्न भएको उक्त पृथ्वी परिक्रमा अवार्ड नेपालका लागि ऐतिहासिक अवार्ड कार्यक्रम भएको अवार्ड अध्यक्ष सुवेदीले बताए ।


ADVERTISEMENT


युएइका लागी नेपालका राजदुत नेत्रबहादुर टन्डन, एनआरआरएन युएई अध्यक्ष रमेश श्रेष्ठ लगायतले पृथ्वी परिक्रमा अवार्डको मैन बति बालेर उदघाटन गरेका थिए ।


ADVERTISEMENT

# # #


अवार्ड समारोहको उद्घाटनपछि राजदूत नेत्रबहादुर टण्डनले आफ्नो कार्यकालमा युएईमा देशप्रेमी नेपाली दाजुभाइहरुले नेपालबाट आएका गिनिज बुक होल्डर रामबहादुर सुवेदीको शुभकार्यक्रमको मुक्तकण्ठले प्रसंशा गरेका थिए । उनले विदेशमा बस्ने देश प्रेमीहरुलाई अवार्ड बाँडेर विश्व परिक्रममा गरी सम्मान गर्ने जुन शैली छ यसले आफूलाई गर्बलागेका बताए । उनले यात्राको क्रममा आइपर्ने विविध समस्यालाई सहयोग गर्न पनि अन्य देशका राजदूतहरुलाई मञ्जबाटै हार्दिक अनुरोध गरे ।

हालै निर्वाचित एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठले आफू निर्वाचित भएपछि पहिलो कार्यक्रमका क्रममा पृथ्वी परिक्रमा अवार्डमा सहभागी भएको बताउँदै यस्तो गौरवशाली कार्यक्रममा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे । अध्यक्ष श्रेष्ठले एक नेपालीको छोराले संसार भरी घुमेर आफ्नौ प्रयासमा विदेशमा रहेर बस्ने देशप्रेमीहरुलाई यस्तो प्रकारको अवार्ड प्रदान गर्दा अझ हामीजस्ता प्रवासीहरुलाई अघि बढ्न ठूलो उर्जा थपिने बताए ।

त्यसैगरी नेपाली समाजका युएई अध्यक्ष चन्द्रप्रसाद सापकोटाले आफ्नो युएई बसाई दुई दशकभन्दा पुरानो भएता पनि यसरी युएईमा रहेका नेपालीहरुमाझ यस्तो सम्मानको कार्यक्रम भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण युएईका नेपाली दाजुभाइलाई हार्दिक बदाइ दिए ।

उद्घटनसत्र पछि कार्यक्रममा उपस्थित सबैले यो एतिहासिक अवार्ड र पत्रकार सुवेदीको यो अभियान देशको गौरब भएकोमा सबै देशमा बस्नेहरुले निर्वात रुपमा सहयोगमा हतेमालो गर्न अपिल गरेका थिए ।

आयोजक सुवेदी बक्स अफिसको आयोजनामा यस भन्दा अगाडि उडिरहेको प्लेन भित्र, समुद्र मुनि, समुद्र माथि, र विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड आयोजना गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन समेत सफल भएका थिए । अवार्ड आयोजना गरेरै पृथ्वीको एक फन्को लगाउने अभियानका साथ पत्रकार सुबेदीले नेपालका विभिन्न शक्ति सक्तिपीठमा पूजा गर्दै पहिलो चरणमा सेप्टेम्बर २९ तारिखको दिन दुबईमा अवार्ड आयोजनका लागि नेपालबाट पहिलो पाइला चालेका थिए ।