काठमाडौँ– नेपाली कांग्रेस र विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुने भएको छ । बाम गठबन्धनको तयारी भइरहँदा लोकतान्त्रिक शक्तिहरु नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एक्ता हुन लागेको हो ।


ADVERTISEMENT


साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गरी पार्टी एकता गरिने स्रोतले जनाएको छ । साथै गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्दै पार्टी एकीकरणको घोषणा गरिने बताइएको छ । २०६४ सालअघि नेपाली कांग्रेसमा नै रहेका गच्छदारले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए ।


ADVERTISEMENT

# # #


२०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका उनले त्यसपछि २०६६ साउन १६ पछि नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए ।