काठमाडौँ– कोभ्याक्स सुविधाअन्तर्गतको कोरोना विरुद्धको खोप आज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गतको कोरोना विरुद्वको खोप बोकेको टर्किस एयरलाइन्सको विमान बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।


ADVERTISEMENT


विश्वब्यापी खोप अभियान(गाभी) ले नेपाललाई कुल जनसंख्याको २० प्रतिशत (कुल एक करोड ४२ लाख) नेपालीलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । जसअन्र्तगत पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोरोना खोप आज नेपाल आइपुगेको हो ।


ADVERTISEMENT

# # #


कोभ्याक्स सुविधामार्फत नेपाल आएको खोप अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप हो । जुन भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरिरहेको छ ।

यसअघि नेपालले भारतसँग २० लाख डोज खोप खरिद गरेको छ । जसमध्ये दश लाख डोज खोप नेपाल गत महिना नै आइपुगेको थियो । अर्को दश लाख डोज अर्को साता आइपुग्ने जनाइएको छ ।