काठमाडौं – अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई ठगी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–४ घर भएका २३ वर्षीय आशिष खड्का रहेका छन् । प्रहरीले उनलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीबाट शुक्रबार पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार आशिषले पीडितहरुको बारेमा पूर्ण जानकारी लिई विभिन्न बहानामा उनीहरुका कम्प्यूटर, ल्यापटप, मोबाइल जस्ता डिभाइसबाट गुगल एकाउण्टको पासवर्ड पत्ता लगाएर पीडितहरुको ईसेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई अन्य व्यक्तिको नामको खाता लगायत ईसेवा समेतमा रकम रकमान्तर गरी अनलाईन ठगी गरेका थिए ।

खड्कालाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।