खलङ्गा– सामाजिक विकास कार्यालय जुम्लाले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रमका लागि निवेदन आह्वान गरेको छ ।


ADVERTISEMENT


नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इन्जिनीयरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति प्रदान गर्ने कार्यालय प्रमुख बलवीर सुनारले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रदेश सरकारले आर्थिक वर्ष ०७५/०७६ देखि सो कार्यक्रम अघि सारेको हो । एक जनालाई रु. ६६ हजारदेखि एक लाख ३० हजारसम्म छात्रवृत्ति प्रदेश सरकारले उपलब्ध गराउने कार्यालयले जनाएको छ । कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीयवासी भगवती चौलागाईंले जानकारी दिए । रासस