खलङ्गा– तातोपानी गाउँपालिकाले घरदैलोमै पुगेर स्वास्थ्य परीक्षणदेखि अपाङ्गता परिचयपत्र वितरण शुरुआत गरेको छ । गाउँपालिका उपाध्यक्ष गङ्गादेवि उपाध्याय, वडाध्यक्ष विशाल खड्का, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धिताल, लेखा अधिकृत मिलन बुढाथापा र डा. अरुण श्रेष्ठसहितको टोलीले दुर्गम गाउँ लामाबगरमै पुगेर सेवा प्रदान गरेका हुन् ।


ADVERTISEMENT


परिचयपत्र नवीकरण गराउन, नयाँ लिन एक दिन बास बस्नुपर्ने, स्वास्थ्य चौकीसम्म पुगेर स्वास्थ्य जाँच गराउन नसक्ने विशेष खालका अपाङ्गता भएका व्यक्तिको राहतका लागि घरदैलोमै पुगेर परिचयपत्र वितरणका साथै स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष उपाध्यायले बताए । रासस


ADVERTISEMENT

# # #