काठमाडौँ – काठमाडौँमा जारी ‘काठमाडौँ मेयर कप–२०७७’ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले तेस्रो जित हात पारेको छ । पुलिसले बुधबार ‘काठमाडौँ मेयर–११’को टिमलाई १०३ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिसले ४७.४ ओभरमा अलआउट हुनुअघि १९७ रन बनायो । पुलिसका लागि योगेन्द्रसिंह कार्कीले सर्वाधिक ४० रन बनाए । त्यसक्रममा उनले ५५ बलमा ४ चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै कुशल भुर्तेलले २९ बलमा ३ चौका र ३ छक्काको मदतमा ३४ तथा पवन सर्राफले २८, दीपेन्द्र सिंह ऐरीले २४, सुनिल धमलाले २२ तथा दीलिप नाथले १२ रन जोडे ।

काठमाडौ मेयर ११ का लागि सन्दीप लामिछाने र विपीन खत्री र हरिशंकर शाहले समान ३–३ विकेट लिए । अनिल खरेलका नाममा १ विकेट रह्यो ।

१९८ रनको लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको काठमाडौँ मेयर ११को टोली ३१.२ ओभरमा ९४ रनमै अलआउट भयो । काठमाडौँका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाए । आक्रामक ब्याटिङ प्रयास गरेका उनले पवन सर्राफको बलमा आउट हुनुअघि १७ मलमा ३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै कृष्ण कार्कीले १९, सिद्धान्त लोहनीले १८ रन बनाउनु बाहेक काठमाडौँका लागि अन्यले दोहोरो अंक छुन सकेनन् ।

काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा पुलिसका पवन सर्राफले उत्कृष्ठ ब्याटिङ गरे । म्यान अफ द म्याच चुनिएका उनले ६.२ ओभरमा एक मेडेन राख्दै १६ रन खर्चिएर महत्वपूर्ण ४ विकेट चट्काए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३ तथा ललित नारायण राजवंशीले २ विकेट लिए भने सागर ढकालले १ विकेट लिए ।

तेस्रो जितसँगै नेपाल पुलिस क्लब प्रतियोगिताको फाइनल प्रवेश गरेको छ भने