जाजरकोट– जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत ठाँटीबजार न्यूरोडको सडक आजदेखि सञ्चालन भएको छ ।


ADVERTISEMENT


करिब एक महिना लामो मर्मत कार्य सम्पन्न भएपछि आजबाट सडक सञ्चालन भएको भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सडक सञ्चालनमा आएसँगै खलंगा रिम्ना र खलंगाबाट देशका विभिन्न ठाउँमा जाने र आउने कार्यमा सहजता आएको छ । एक महिनाअघि वर्षात्का कारण न्यूरोडमा सडक भत्किएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी र नगरपालिकाबीच आ–आफ्नो अडानका कारण निर्माणमा ढिला भएको थियो ।

अहिले अस्थायीरुपमा सडक एकतर्फी खोलिएको छ । यो सडक भत्किएसँगै आधा दर्जन घर पनि जोखिममा परेका थिए । करिब रु साढे छ लाखमा सडक मर्मत भएको भेरी नगरपालिकाका लेखापाल डम्मर विष्टले जानकारी दिए ।