काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा सुरु भएको हो ।


ADVERTISEMENT


बैठकले पार्टीको संसदीय दलको नेता चयन गर्ने एक नेताले जानकारी दिएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीको एकीकरण भएपति पार्टीले संसदीय दलको नता चयन गर्न सकेको छैन । यस्तै बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र सरकार सहकार्यका लागि आएको प्रस्तावबारे छलफल गर्ने बुझिएको छ ।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतले नेकपाको एकतालाई अवैधानिक ठहर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि सुरु भएको सत्ता समिकरण र सहकार्यको गठजोडमा जसपा निर्णायक बनेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले जसपालाई सरकार निर्माणका लागि सहयोग गर्न आग्रह गर्दै यसअद्धि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

जसपाले उनीहरुलाई आफ्ना माग सम्बोधन गरेमा मात्रै सरकार निर्माणमा सहयोग गर्ने बताएको छ । आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपाका नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।