काठमाडौँ – ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१९प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले चैत्र ३ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन सार्वजनिकीकरण कार्यक्रममार्फत एफ १९ प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।


ADVERTISEMENT


कम्पनीकाअनुसार लाइभलञ्च ईभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिकरगीत लेखिका तथा रचनाकार तृष्णा गुरुङ्ग र पारम्परिक नेपालीलोक बाद्यबादन उपकरण ईन्सेम्बल कुटुम्ब ब्याण्ड लगायतको उपस्थिति रहनेछ ।


ADVERTISEMENT

# # #


लामो समयदेखि कम्पनीले एफसिरिज मार्फत उपभोक्तालाई स्टेट अफ आर्ट प्रविधि पस्कँदै आइरहेको छ । यसले गर्दा एफसिरिजलाई उपभोक्ताहरुले सुरुवाती दिनदेखि नै औधि रुचाइरहेका छन् । अग्रगामी सोच सहितका डिजाइन मार्फत ओपो, उपभोक्तालाई प्रविधि मार्फत नीजिकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्ने तिर केन्द्रित रहँदै आइरहेको छ । शक्तिशाली र टिकाउ हुनुका साथै बहुआयामिक दृष्टिकोण सहित आफ्ना जीवनका स्मरणिय पलहरु कैद गर्न चाहनेका लागि मनोरञ्जक नयाँ भिडियो फिचर्सहरुका साथएफ १९ प्रोको डिजाइन विशेषगरी ‘ट्रेन्ड सिकर्स’ युवाहरुलाई ध्यानमा राखि गरिएको छ ।