काठमाडौँ – महत्वकांक्षी दीर्घकालीन योजनाअन्तर्गतको पूर्व–पश्चिम रेलमार्गको सर्वे शुरू गरिएको छ ।


ADVERTISEMENT


यसअघि निर्माण गर्ने भनिएको रेलमार्गबीचमा बस्ती पर्ने भएपछि स्थानीयले विरोध गरेका थिए । बाराका स्थानीय मानव वस्ती र खेतीयोग्य जमिनबीचबाट रेलमार्ग निर्माण गर्न नदिने भन्दै अवरोध खडा गरेका थिए ।


ADVERTISEMENT

# # #


मानव बस्तीबीचको मार्ग छाडेर बारा बकैया खोला छेउछाउ भएर रेलमार्ग निर्माण गर्न लागिएको रेल विभागकी महानिर्देशक प्रमिला बज्राचार्यले बताइन् ।

स्थलगत अनुगमन गरी सर्वेको काम शुरु गरिएको जानकारी उनले दिइन् ।