एजेन्सी – भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी इण्डियन प्रिमियर लिग (आइपीएल)को १४ औँ संस्करणको तयारीमा जुटेका छन् । उनको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स उपाधी जित्नेगरी तयारी गरिरहेको छ ।


ADVERTISEMENT


तर, यसैबीच आइपीएलको आधिरिक प्रशारणको अधिकार पाएको स्टारस्पोर्टस्ले धोनीको एउटा तस्बिर र एउटा भिडियो सार्वजनिक गरेको छ । जसमा धोनी बुद्ध भिक्षुको अवतारमा देखिएका छन् । उनको कपाल मुण्डन गरिएको छ भने चिवर पहिरिएका छन् । उनी कुनै जंगलको एकान्तमा देखिन्छन् ।


ADVERTISEMENT

# # #


स्टार स्पोर्टस्ले सार्वजनिक गरेको भिडियोमा धोनीले उक्त अवतार पछाडिको मन्त्र चाँडै थाहा हुने बताएका छन् । आइपीएल नजिकिँदै गर्दा धोनीको उक्त नयाँ अवतार अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

लाखौँ क्रिकेट र धोनीका प्रशंसकहरुले यसबारे प्रतिक्रिया दिएका छन् । कतिपयले यो कुनै रहस्य लुकाइएको विज्ञापन भएको र धोनीको अवतार नक्कली रहेको बताइरहेका छन् भने कतिपयले धोनीले सांसारिक माया, मोहबाट सन्यास लिएको लख समेत काटिरहेका छन् ।