भक्तपुर– सामाजिक सेवा र खेलकूदको विकास गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसका एक नेताले रु. तीन करोड खर्चिएर व्यवसाय शुरु गरेका छन् ।


ADVERTISEMENT


लामो समय खेलकूदसँगै राजनीतिमा सक्रिय भएका मध्यपुरथिमि नगरपालिका ३ कौशल्टारमा नेपाली कांग्रेसका युवानेता एवं खेलाडी अष्ट कँवेले क्लब मध्यपुरमार्फत फिट्नेस सेन्टर, स्नुकर हाउस एवं बर्गर हाउस सञ्चालनमा ल्याएका हुन् ।


ADVERTISEMENT

# # #


हाल तीस जना युवालाई प्रत्यक्ष रोजगारी दिएको र १०० जना क्षमताको उनको फिट्नेस सेन्टर एवं स्नुकर हाउस सञ्चालनमा छ  ।

राजनीति गर्ने व्यक्तिले आफैँ व्यवसाय शुरु गर्न सके कसैसँग माग्नु नपर्ने जनाउँदै उनले नेपालमा स्नुकर र फिट्नेसलाई व्यावसायिक खेलका रुपमा विकास गर्ने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याएको जनाएका छन् ।

नेता कँवेले भने; ‘देश विदेशमा प्रतिस्पर्धा गर्दै पदक जित्नसक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘फिट्नेस, बडी बिल्डिङ, एरोबिक्स, जुम्बा, स्टिम, सावना, स्नुकर र द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ सञ्चालनमा ल्याएको हुँ, यसले खेलकूद र व्यवसायलाई सँगै लैजान सकिन्छ भन्ने लागेको छ ।’ उनले फिट्नेस, बडी बिल्डिङ, एरोबिक्स, स्नुकरजस्ता खेलको हरेक वर्ष प्रतियोगितात्मक प्रतिस्पर्धा गराउने बताए।

यसबाट हुने आम्दानीको २० प्रतिशत रकम सामाजिक सेवा र खेलकूदको विकासमा खर्च गर्ने भन्दै उनले आफू रहेको मध्यपुर युथ एसोसिएशनले गर्ने हरेक खेलकूद प्रतियोगितामा पुरस्कारका लागिसमेत यहाँबाट भएको आम्दानीबाट खर्च गर्ने समेत  घोषणा गरेका छन् । रासस