काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली समूले माधव कुमार नेपाल समूहलाई चैत्र ४ गते हुने राष्ट्रिय कार्यकर्ता भेलालाई रोक्न आग्रह गरेको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको असफल कदमपछि पहिलोप्टक् पार्टी कार्यालय धुम्बाराहीमा भएको समूहको छलफलमा ओली समूहले उक्त आग्रह गरेको ओली समूहका नेता प्रदीप ज्ञवालीले बताए ।


ADVERTISEMENT

# # #


पार्टीमा दूरि बढाउने किसिमका भेलालाई रोक्दै आपसी परामर्शबाट पार्टी केन्द्रीय कमिटिको बैठक बोलाउने प्रस्ताव गरेको उनले बताए । ‘उहाँहरु (माधव समूह)ले चैत्र ४ र ५ गते भेला गर्ने भन्नु भएको छ । त्यस्तो भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन ।’ उनले भने, ‘यसले थप दूरि बढाउने मात्रै काम गर्ने भएकाले यस्ता भेला नगरौँ बरु आपसी परामर्शबाट केन्द्रीय कमिटीको बैठक तय गरौँ भन्ने ढंगले कुराकानी गरेका छौँ ।’

यता माधव समूहले भने आृली समूहले एलौटी रुपमा फागुन २८ गते गरेका निर्णयहरु रद्द गर्नुपर्ने अडान राखेको छ ।

नेता ज्ञवालीले आजको छलफल निष्कर्षमा नपुगे पनि सकारात्मक रहेको प्रतिक्रिया दिए ।