काठमाडौं – शिवम् सिमेन्ट ४३ ग्रेड ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको छ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो ।


ADVERTISEMENT


हालै गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी शिवमलाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो । सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत शिवम् सिमेन्ट योसंगै ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्राण्ड बन्न सफल भएको हो ।


ADVERTISEMENT

# # #


अब हालसम्म उत्पादित सिमेन्ट मध्ये शिवम् मात्रै यस्तो ब्राण्ड हो जुन एनएस–५७२ प्रमाणीकरण भै ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न योग्य छ ।

गुणस्तरीय उत्पादनकै प्रतिफल स्वरुप फेरी एनएस–५७२ को अनुमति तथा मान्यता प्राप्त गरी नेपालकै पहिलो र एकमात्र ४३ ग्रेडको सिमेन्ट उत्पादक भै आफ्नो निरन्तर गुणस्तरिय उत्पादनलाई प्रमाणित गरेको हो । आजको यस घडीमा शिवम् सिमेन्ट आफुप्रति सबैले गरेको भरोसाले बनेको यो सम्बन्ध युगौं युग अटुट रहिरहने प्रतिवद्धता जाहेर गर्दछ ।

यो भन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–४९ प्रामाणीकरण गर्दै आईरहेको थियो । जस अन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए । नेपालमा एन. एस. ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो ।

अब कुनै पनि सिमेन्ट कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न एनएस–५७२ प्रमाणीकरण गर्नु अनिवार्य भएको छ । जसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परिक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणीकरण गर्ने प्रक्रिया रहेको छ ।