काठमाडौँ – धितोपत्र बजारमा शेयर कारावार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको नेप्सेमा देखिएको गिरावटले नेप्से पुनः २ हजार ३८९ को विन्दुमा ओर्लेको छ ।


ADVERTISEMENT


नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १८.०७ अंकले ले ओरालो लागेर २ हजार ३८९.१९ मा झरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०७ ले घटेर ४३०.०५ मा झरेको छ ।


ADVERTISEMENT

# # #


कूल २१२ कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता शेयर रु ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ बराबरको कारोवार भएको छ । सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ३२ खर्ब ९१ अर्ब ९९ करोड ६ लाख ९० हजार बराबर पुगेको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये ५ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ८ उपसमूह भने ओरालो लागेको छ । होटेल तथा पर्यटन ९०.९३, ट्रेडिङ ५५.१, उत्पादन १०.२, लगानी ०.५३ विन्दुले वृद्धि र सामूहिक लगानी कोष ० अंकले वृद्धि हुँदा बैंकिङ १७.४१, विकास बैंक ११, जलविद्युत् ०.७८, फाइनान्स ७.२१, निर्जीवन बीमा १९२.६१, अन्य ३८.४३, लघुवित्त २५.२३, जीवन बीमा १२१.०६ अंकले ओरालो लागेको छ ।

निफ्रामा लगानीकर्ताको आकर्षण 

कारोवारका आधारमा नेपाल इन्फ्रास्टक्चर बैँक (निफ्रा) शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८ लाख ७ हजार ५२६ कित्ता शेयर किनबेच भएको छ । कम्पनीको कूल रु ४३ करोड ६२ लाख २१ हजार ८०९ बराबरको कारोवार भयो ।

यस्तै माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड रु. २९ करोड ८३ लाख ६९ हजार ७९४, नबिल बैंक रु. १९ करोड ७१ लाख १ हजार ३७८, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु. १२ करोड ९० लाख ७० हजार ११०, एनआइसी एसिया बैंक रु. १२ करोड ५७ लाख ७२ हजार २४८, नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड रु. १० करोड १५ लाख ६३ हजार ४७३, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड रु. १० करोड ५ लाख २३ हजार ६०२, ग्लोबल आइएमई बैंक रु. १० करोड ६७ हजार ५४१, शिखर इन्स्योरेन्स कम्पनी लिमिटड रु. ९ करोड ९५ लाख ४४ हजार ६०२ र नेपाल बैँक लिमिटेड रु. ८ करोड, ७ लाख ८५ हजार ६२ बराबरको कारोबार भइ शीर्ष १० स्थानमा रहेका छन् ।

कसको कति प्रतिशत बढ्यो ?

कारोवारका आधारमा चन्द्रागिरि हिल्स ९.९५, घलेम्दी हाइड्रो लिमिटेड ९.४९, पञ्चकन्या माई हाइड्रोपावर ९.४७, आँखुखोला जलविद्युत कम्पनी ९.३, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.८, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड ४.१८, युनियन हाइड्रोपावर लिमिटेड ३.५१, जोशी हाइड्रो पावर डेभलपर्स लिमिटेड ३.४२, हिमाल दोलखा हाइड्रो पावर लिमिटेड ३.१०, सिटिजन म्यूचुअल फण्डका लगानीकर्ताले ३.०७ प्रतिशतले कमाए ।

यस्तै, हिमालयन पावर पार्टनर ६.२५, सूर्योदय लघुवित्त वित्तीय संस्था ४.६१, एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड ४.४७, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड ४.३७, अरुण उपत्यका जलविद्युत विकास कम्पनी लिमिटेड ४.२९, गुराँस लघुवित्त वित्तीय संस्था ३.८८, सर्पोट लघुवित्त वित्तीय संस्था ३.७२, नेपाल दूरसञ्चार कम्पनी ३.३१, लिवर्टी इनर्जी कम्पनी ३.२७ र आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ३.१० प्रतिशत कमाए ।

आज नेपाल इन्फ्रास्टर्चर बैँकको शेयर भने उकालो लागेको छ । निरन्तर घाटा ब्यहोरिरहेका कम्पनीका लगानीकर्ताले आज भने २.६८ प्रतिशत कमाएका छन् । कम्पनीको आजको प्रतिशेयर मूल्य ५३७ रहेको छ ।