काठमाडौँ – डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालन गरेको छ ।


ADVERTISEMENT


कार्यक्रम ‘कमेडी क्याफे’ फागुन २२ गतेदेखि डिसहोमको च्भरियालिटी टिभी च्यानल नं. १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको डिसहोमले जनाएको छ।


ADVERTISEMENT

# # #


विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीत संगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य ब्यक्तीहरुलाई ‘प्य्रांक कल’ गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन् ।

हाँस्य टेलिसृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले बिभिन्न चरित्र बनी फोन उठाउने व्यक्तिलाई ‘प्य्रांक’ गर्छन् ।

यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ ।