काठमाडौँ – यातायात व्यवस्था विभागले मालबाहक सवारीसाधनको भारबहन नियमनसम्बन्धी निर्देशिका, २०७४ लाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।


ADVERTISEMENT


निर्देशिकाअनुसार मालबाहक सवारीसाधनले तोकिएको तौलभन्दा बढी सामान बोक्न पाउँदैनन् । तर पछिल्लो समय ओभरलोडका सवारीसाधन बढ्दै गएपछि विभागले कडाइ गर्ने तयारी गरेको हो ।


ADVERTISEMENT

# # #


विभागले आगामी चैत १५ गतेदेखि मालबाहक सवारीमा भेटिएको बढी तौल बाटोमै झार्ने बताएको छ । ‘लोडस्लिप जाँच गर्छौँ बढी भेटिए बाटोमै सामान झार्छौँ,’ विभागका प्रवक्ता लोकनाथ भुषालले बताए ।

बढी तौलका कारण सवारीसाधन दुर्घटना हुने र सडक बिग्रिने गरेकाले यस्तो नियम ल्याउन लागिएको जानकारी उनले दिए ।